उपभोक्तामा चेतनाको कमीले ठगिने क्रम बढ्यो : उद्योगमन्त्री भट्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उपभोक्तामा चेतनाको कमीले ठगिने क्रम बढ्यो : उद्योगमन्त्री भट्ट

udhyogmantri bhatta

काठमाडौं, २५ मंसिर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चेतनाको कमिका कारण उपभोक्ताहरु ठगिने गरेको बताउनु भएको छ । मंगलबार आयोजित बजार व्यवस्थापन तथा उपभोक्त संरक्षणमा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले यस्तो बताउनुभएको हो ।

उपभोक्ताहरुले कुनै वस्तु खरिद गर्दा उत्पादन भएको मिति, म्याद सकिने मितिका विषयमा जानकारी नै नराख्ने गरेका कारण ठगिको क्रम बढेको उहाँको भनाई छ । उपभोक्ता हितका लागि सचेतना अभियान गाउँ गाउँसम्म पुग्न जरुरी रहेको मन्त्री भट्टले उल्लेख गर्नु भयो ।

बजार अनुगमनको कार्यशैली फेर्नुपर्ने भन्दै उहाँले अहिलेपनि मध्यमवर्गिय जनतामा वस्तुको मूल्य, उत्पादन र म्याद सकिने मिति सोध्न नसक्ने कमजोरी विद्यमान रहेको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);