नेपालमा लगानी गरेका परियोजनाको वित्तीय प्रगति अपेक्षा अनुरुप भएन : एडिबी | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

नेपालमा लगानी गरेका परियोजनाको वित्तीय प्रगति अपेक्षा अनुरुप भएन : एडिबी

adb samikshya baithak

काठमाडौं, ४ मंसिर । एशियाली विकास बैंक एडिबिले नेपालमा लगानी गरेका परियोजनाहरुको वित्तीय प्रगति अपेक्षा अनुरुप नभएको जनाएको छ । बैंकले बुधबार काठमाडौंमा आयोजना गरेको समिक्षा बैठकमा बैकका नेपाल प्रतिनिधिले नेपालका विभिन्न आयोजनामा गरेको लगानी समयमै खर्च हुन नसकेको गुनासो गरेका हुन् ।

समिक्षा बैठकमा एडिबिका नेपाल निर्देशक मुख्तोर खामुद्खानोभले नेपाल सरकारले रणनीतिक विकासका लागि लगानी आवश्यक ठानेमा एडिबि सहयोग गर्न तयार रहेको भन्दै समयमै खर्च गर्न तर्फ आवश्यक व्यवस्थापन मिलाउन सरकारलाई आग्रह गर्नुभयो ।

सरकारले कतिपय परियोजनामा प्रयाप्त सहयोग नगर्दा वार्षिक ३५ करोड अमेरिकी डलर देखि ४० करोड अमेरिकी डलर सम्म लगानी गर्ने लक्ष्य पुरा हुन नसकेको उहाँले बताउनुभयो । एडिबिले हालसम्म वार्षिक ३० करोड अमेरिकी डलरभन्दा बढी लगानी गर्न सकेको छैन ।

समिक्षा बैठकमा राजश्व सचिव शिशिर ढुंगानाले परियोजना कार्यान्वयन गर्ने निकायहरु जुनसुकै परियोजना समयमै सम्पन्न गर्नका लागि संवेदनशिल हुनुपर्नेमा जोड दिनुभयो ।

एडिबिले हाल सम्म नेपालमा २ अर्ब ९६ करोड अमेरिकी डलर बराबरको लगानी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);