कृषि पेशाबाट मनग्ये आम्दानी गर्दै युवाहरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कृषि पेशाबाट मनग्ये आम्दानी गर्दै युवाहरु

krishi khukhura

पाल्पा, ४ मंसिर ।  पुस्तौँ देखि कृषि पेशामा लाग्दै आएकाहरुले पनि जिविकोपार्जन गर्न गाह्रो भयो भन्दै पछिल्लो समय कृषि पेशाबाट विस्थापित हुनेहरुको संख्या बढीरहेको । तर यस्तो समयमा विभिन्न जिल्लामा केही युवाहरुले भने कृषि पेशा शुरु गरेर मनग्ये आम्दानी गर्न सकिने उदाहरण दिएका छन् ।

आधुनीकतासंगै नेपालमा कृषि पेशाप्रतिको आकर्षण कम हुदै गइरहेको छ । लगानी अनुसारको आम्दानी नहुनु, बढी परिश्रम, सामाजिक प्रतिष्ठा नहुनु आदि कारणहरुले नागरिकहरु कृषि पेशाबाट अन्य पेशामा लाग्न थालेका छन् ।

खेति किसानी नगरेर दैनिक विदेशीने युवाहरुको संख्या बढीरहेका बेला पाल्पामा भने बैदेशीक रोजगारीबाट फर्केका केही युवाहरुले आम्दानीका लागि कृषि पेशा नै रोजेका छन् । उनीहरुले स्थानीय जातको कुखुरापालेर मासिक ४० देखि ५० हजार सम्म आम्दानी गर्न गरिरहेका छन् । बजारको पनि कुनै समस्या नभएको कृषकहरुको अनुभव छ ।

कुखुरा फर्ममा झण्डै ५० जनाले प्रत्यक्ष रोजगारी पनि पाईरहेका छन् । जिल्लामा उत्पादित कुखुरा तथा अण्डा स्थानीय बजार, सदरमुकाम तथा रुपन्देही बुटवलसम्म बिक्री हुने गरेको छ ।

त्यसैगरी इलामका अरुण कुमार महत झण्डै एक दशक अघिदेखि सुन्तला खेतीमा सक्रिय हुनुहन्छ । सरकारी जागिरबाट अवकाश पाएपछि महत मेहनती किसान हुनु भएको हो । उहाँका पुरा परिवार नै सुन्तला खेतीमा लागेका छन् । १५ रोपनी जमिनमा लगाइएको सुन्तलाले बार्षिक ६ लाख भन्दा बढी आम्दानी हुने गरेको अरुणका छोरा उमेश महतको भनाई छ ।

krishi suntala

त्यस्तै इलामकै माईजोगमाईका राजिव भट्टराई पनि कफी खेती गरेर यसैमा आफ्नो भविष्य खोजी रहनुभएको छ । २०४५ सालमा घर वरपर ८० बोट कफी रोपेपछि भएको आम्दानीबाट उहाँले अहिले २५ रोपनी जमिनमा कफी खेति गरिहनु भएको छ ।

krishi coffee

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);