सोमबार शेयरबजार परिसूचक नेप्सेमा सामान्य सुधार | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०७९, मंगलबार

सोमबार शेयरबजार परिसूचक नेप्सेमा सामान्य सुधार

काठमाडौं, ६ असोज । सोमबार शेयरबजार परिसूचक नेप्सेमा सामान्य सुधार हुँदा कारोबार भने घटेको छ । नेप्से १दशमलव ७३ अंकले बढेर परिसूचक १ हजार १ सय ४० दशमलव नौ आठ अंकमा पुगेको छ ।

१ सय ७० कम्पनीका ७ लाख ४३ हजार ३ सय १५ कित्ताशेयर ४ हजार ६ सय ८४ पटकको कारोबारबाट १७ करोड ७२ लाख ७९ हजार ३९ रुपैयाँमा मात्र कारोबार भएको छ ।

यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलब एक शून्य अंकले बढेर २ सय ४९ दशमलब आठ एक अंकमा पुगेको छ ।

सोमबार जलविद्युत, वित्त र म्युचुअल फण्ड समूहबाहेक बाँकी सबैको सुचक उकालो लागेको छ । जलविद्युत शून्य दशमलब छ आठ, वित्त शून्य दशमलब एक सात र म्युचुअल फण्ड समूह शून्य दशमलब शून्य छ अंकले ओरालो लागेको छ ।

सोमबार प्रभु बैंकको सबैभन्दा बढी एक करोड २५ लाखको शेयर कारोबार भएको छ । साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले सबैभन्दा बढी ४ दशमलव नौ चार प्रतिशतले कमाएका छन् भने युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ३ दशमलब सात सात प्रतिशतले गुमाएका छन् ।