सोमबार नेप्सेमा दोहोरो अंकको गिरावट | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

सोमबार नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं, २७ असोज । सोमबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से १२ दशमलब शून्य पाँच अंकले घटेर परिसूचक एक हजार एक सय ३६ दशमलब नौ ६ अंकमा पुगेको छ ।

१ सय ५४ कम्पनीका ८ लाख ३३ हजार ७ सय ५३ कित्ताशेयर तीन हजार ४ सय तीन पटकको कारोबारबाट २१ करोड ८६ लाख ३५ हजार ६ सय ९१ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स दुई दशमलब सात ६ अंकले घटेर २ सय ४९ दशमलब एक सात अंकमा पुगेर बन्द भएको छ । सोमबार म्युचुअल फण्डबाहेक सबै समूहको परिसूचक ओरालो लागेको छ ।

सोमबार प्रभु बैंकको २ करोड ६५ लाखको शेयर कारोबार भएको छ । राधी विद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी पाँच दशमलब आठ चार प्रतिशतले कमाएका छन भने सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा बढी ६ दशमलब चार नौ प्रतिशतले गुमाएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);