साताको पहिलो दिन नेप्सेमा दोहोरो अंकको गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

साताको पहिलो दिन नेप्सेमा दोहोरो अंकको गिरावट

stock_exchange_nepse

काठमाडौं, ८ मंसिर । साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से दश दशमलब पाँच चार अंकले घटेर परिसूचक एक हजार एक सय १० दशमलब शून्य आठ अंकमा पुगेको छ ।

१ सय ६२ कम्पनीका ९ लाख २९ हजार ७ सय ४४ कित्ताशेयर ५ हजार २९ पटकको कारोबारबाट २८ करोड ५ लाख ३४ हजार ४ सय १५ रुपैयाँमा खरिद बिक्री भएको छ । यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स दुई दशमलब शून्य तीन अंकले घटेर २ सय ४४ दशमलब आठ ६ अंकमा पुगेर बन्द भएको छ ।

आइतबार कारोबार भएका सबै समूहको परिसूचक ओरालो लागेको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक ५७ दशमलब एक पाँच अंकले ओरालो लागेको छ । एनएमबि बैंकको सबैभन्दा बढी २ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेशनल हाइड्रो पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ४ प्रतिशतले कमाएका छन भने साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले सबैभन्दा बढी नौ दशमलब नौ ६ प्रतिशतले गुमाएका छन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);