साताको पहिलो दिन नेप्सेमा दोहोरो अंकको गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

साताको पहिलो दिन नेप्सेमा दोहोरो अंकको गिरावट

stock_exchange_nepse

काठमाडौं, ५ असोज । साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से १६दशमलव ०५ अंकले घटेर परिसूचक १ हजार १ सय ३९ दशमलब दुई पाँच अंकमा पुगेको छ ।

१ सय ६६ कम्पनीका ८ लाख ४८ हजार ६ सय ६२ कित्ताशेयर ५ हजार ८ सय ९६ पटकको कारोबारबाट २२ करोड ६९ लाख ५० हजार २ सय ३८ रुपैयाँमा खरिद बिक्री भएको छ । यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलब चार ९ अंकले घटेर २ सय ४९ दशमलब सात एक अंकमा पुगेको छ ।

आइतबार अन्य समूहबाहेक कारोबार भएका सबै समूहको परिसूचक ओरालो लागेको छ । अन्य समूहको परिसूचक शून्य दशमलब ६ आठ अंकले उकालो लागेको हो । आइतबार शिवम् सिमेन्ट्सको १ करोड ८० लाख बढीको शेयर कारोबार भएको छ ।

बेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ४ दशमलम पाँच-पाँच प्रतिशतले कमाएका छन भने रिलायन्स फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ८ दशमलव तीन-तीन प्रतिशतले गुमाएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);