शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकले गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकले गिरावट

काठमाडौं, ३० मंसिर । सोमबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से १३दशमलव ७५ अंकले घटेर परिसूचक १ हजार १ सय ५४ दशमलब एक– एक अंकमा पुगेको छ ।

१ सय ६६ कम्पनीका १३ लाख ७१ हजार १ सय ३४ कित्ताशेयर ६ हजार ६ सय तीन पटकको कारोबारबाट ४० करोड ७९ लाख ५ सय ५५ रुपैयाँमा खरिद बिक्री भएको छ ।

सोमबार कारोबार भएका सबै समूहको परिसूचक ओरालो लागेको छ । एनएमबि बैंकको शेयर सबैभन्दा बढी ४ करोड ५६ लाख ६० हजार ८ सय २० रुपैयाँमा खरिद बिक्री भएको छ ।

दिब्येश्वरी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी ५ दशमलब चार पाँच प्रतिशतले कमाएका छन् भने हिमालय पावर पाटर्नरका लगानीकर्ताले सबैभन्दा बढी नौ दशमलब चार नौ प्रतिशतले गुमाएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);