नेपालको जलविद्युतमा लगानी गर्न बंगलादेशका उद्योगीलाई आह्वान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपालको जलविद्युतमा लगानी गर्न बंगलादेशका उद्योगीलाई आह्वान

काठमाडौं, २१ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले नेपालको जलविद्युतमा लगानी गर्न बंगलादेशका उद्योगी, व्यवसायीहरुलाई आह्वान गरेका छन् ।

मन्त्री पुनले बंगलादेशको राजधानी ढाकामा बिहीबारबाट सुरु भएको ‘इनर्जी एन्ड पावर वीक’ समारोहलाई सम्बोधन गर्दै नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न बंगलादेशका उद्योगी, व्यवसायीहरुलाई आह्वान गरे ।

त्यस अवसरमा उनले बंगलादेशले चाहेमा नेपालको जलविद्युतमा कुनै पनि मोडलमा लगानी गर्न दिन नेपाल सरकार तयार रहेको पनि स्पष्ट पारे । मन्त्री पुनले दुई मुलुकबीच विद्युत खरिदका लागि भारत हुँदै बंगलादेशसम्म विद्युत प्रशारण लाईन जडान गर्ने सहमति गरिएको स्मरण गराए ।

मन्त्री पुनले नेपाललाई समृद्ध बनाउन जल सम्पदाको भरपुर उपयोग गर्ने नीतिलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको बताए । उनले नेपालको विद्युत व्यापारको सम्भावनालाई हेरेर बिमस्टेक सदस्य राष्ट्रहरुबीच पनि विद्युत प्रशारण लाईन जडान गर्ने सहमति गरिएको उल्लेख गरे ।

बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले उद्घाटन गरेको सो मेलामा बंगलादेशका विभिन्न स्वतन्त्र उर्जा उत्पादकहरुको पनि प्रर्दशनी गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);