पुन:निर्माणलाई द्रुत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पुन:निर्माणलाई द्रुत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुन:निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउन निर्देशन दिएका छन् । प्राधिकरणको निर्देशक समितिको १३ औं बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले ऐन नियमले कुनै प्रकार ढिलाइ भए त्यसलाई फुकाएर भूकम्प पीडितलाई यथासक्य चाँडो घरबासको व्यवस्था मिलाउनु पर्ने बताए । प्राधिकरण निश्चित समयका लागि भएकोले यसले पनि समयभित्रै काम सम्पन्न गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

पुन निर्माण प्राधिकरण घाम जुन रहेसम्मका लागि स्थापना गरिएको होइन प्रधानमन्त्री ओलीले भने ‘त्यस कारण यसले यथासक्य चाँडो पुननिर्माणको काम सम्पन्न गर्नुपर्दछ ।’

प्रधानमन्त्री ओलीले प्राधिकरणका पूर्व कार्यकारी अधिकृत र कर्मचारीहरुले लिएको फिल्ड भत्ताको बिषयमा पनि चासो व्यक्त गरेका छन् । ‘बैठक कार्यालय समयमा राख्नुहोस । कार्यालय समयमा तपाईंहरुलाई सरकारले तलब दिएको छ । त्यस समयमा गरेको कामको अतिरिक्त पैसा सरकारले दिँदैन’ प्रधानमन्त्री ओलीले भने ‘कर्मचारीको दुर्गम भत्ताका बिषयमा छलफल गरेर निर्णय गरौंला ।’

प्रधानमन्त्री ओलीले धरहरा निर्माणको टेण्डरका बिषयमा पनि चाँसो व्यक्त गरेका छन् । ‘धरहरा पुन: निर्माणमा अनुमान भन्दा कम रकममा ठेक्का सकारेको देखिन्छ’ प्रधानमन्त्रीले भने’तर यसको गुणस्तरमा कुनै कमी हुनुहुँदैन । ठेक्का नै कम रकममा लिएको भनेर गुणस्तरहिन काम गर्न पाइदैन ।’

प्रधानमन्त्रीले धरहरा पुननिर्माणका लागि इन्जिनियर खटाउन, दैनिक नापजाँच गर्न, प्रयोग गरिएका निर्माण सामग्रीको गुणस्तर जाँच्न र दैनिक प्रतिवेदन तयार गर्न निर्देशन दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);