क्षेत्रगत पहिचान गरी लगानी बढाउन निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

क्षेत्रगत पहिचान गरी लगानी बढाउन निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह

चन्द्र बानियाँ
काठमाडौं, १३ बैशाख । ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले नेपालको विकासमा क्षेत्रगत पहिचान गरी लगानी बढाउन निजी क्षेत्रका उद्योगी व्यवसायीहरुलाई आव्हान गरेका छन् । पद्मा मिडिया ग्रुपले शुक्रबार राजधानीमा गरेको नेपाल सिईओ समिट–२०१९ को उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पुनले नेपालको समृद्धिमा निजी क्षेत्रको लगानी बढाउन सरकार लगानी मैत्री वातावरण बनाउन लागिरहेको बताए ।

सरकार १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गरी आत्मनिर्भरको बाटोमा अघि बढ्ने योजनासहित अघि बढिरहेको भन्दै मन्त्री पुनले जलविद्युतको क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

उत्पादित विद्युत नेपालमै खपत गरी उद्योगको विकास गर्न सरकार आतुर रहेको भन्दै लगानीको वातावरणमा शंका नगर्न निजी क्षेत्रलाई मन्त्री पुनको आगह थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको विकासमा विदेशी लगानीको भन्दा स्वदेशी लगानीकै आवश्यकता रहेको बताए ।

त्यसैगरी नेकपा मालेका महासचिव सीपी मैनालीले सरकारले स्वदेशी लगानीका लागि भरपर्दाे वातावरण बनाउन नसकेको भन्दै विदेशी लगानीकर्तालाई प्राथमिकता दिएको आरोप लगाए । कार्यक्रममा राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन समितिका सभापति रामनारायण बिडारीले प्राकृतिक श्रोत र हावापानीले नेपालमा उपयुक्त वातावरण हुँदाहुँदै पनि नेपालको विकास हुन नसक्नुको कारण खोज्ने समय आएको बताए ।

राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमशेर राणाले विकास योजनामा सरकार दिशाहिन रहेको आरोप लगाउंदै स्वदेशी तथा विदेशी लगानी प्रबर्द्धन गर्न सरकार चुकिरहेको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी तथा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले सरकारले अघि सारेको समृद्ध नेपालको नारालाई सफल बनाउन निजी क्षेत्रको साथ नरहेसम्म सम्भव नरहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);