विकास निर्माणका आयोजनामा सकारात्मक वातावरण बनाउन उर्जामन्त्रीकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

विकास निर्माणका आयोजनामा सकारात्मक वातावरण बनाउन उर्जामन्त्रीकाे आग्रह

urjamantri barshaman pun

काठमाडौं, ५ असोज । उर्जामन्त्री वर्षमान पुनले विकास निर्माणका आयोजनामा सकारात्मक वातावरण बनाउन स्थानीय जनतालाइ आग्रह गर्नु भएको छ । राजधानीमा आइतबार जलविद्युत सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा मन्त्री पुनले बिकास आयोजनामा स्थानीय जनताले सकारात्मक भूमिका खेल्नुपर्ने बताउनु भएको हो ।

पछिल्लो समय विभिन्न आयोजनामा स्थानीयले अनुचित लोभ देखाउदा लगानी मैत्री बातावरण बिग्रिएको भन्दै मन्त्री पुनले विकासमा अवरोध हुन नदिन सबै सचेत हुनुपर्ने बताउनु भयो । उहाँले केन्द्रिय सरकार वा स्थानीय सरकारको नीतिगत रुपमा लगानीको वातावरण बनाउने प्रयासलाई स्थानीय जनताले ब्यबहारिक सहयोग गर्न आवश्यक रहेको बताउनु भयो ।

मन्त्री पुनले आयोजना निर्माणकर्ता र लगानीकर्ताले स्थानीयसँग समन्वय गरेर निर्माण प्रक्रिया अगाडी बढाउन आग्रह गर्नुभयो । कार्यक्रममा उहाँले मोदी खोला जलबिद्युत आयोजनाले पारेको वतावरणीय प्रभाव मुल्यांकन सम्बन्धि प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो ।

मन्त्री पुनले बिद्युत ऐनको मस्यौदामा विद्युत उत्पादनमा सबै तहका सरकारले उत्पादन बिकास र वितरण समेत गर्न सक्ने गरि अधिकार बाँडफाँड गरेको बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);