किन प्रधानमन्त्री ओली आफ्नै सांसदसंग असन्तुष्ट ? | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

किन प्रधानमन्त्री ओली आफ्नै सांसदसंग असन्तुष्ट ?

kp oli

काठमाडौं, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सांसदप्रति निकै असन्तुष्ट देखिनु भएको छ । संसदमा सरकारको बचाउमा प्रभावकारी भूमिका खेल्न नसकेको र संसदीय समितिमा पनि सरकारलाई सहयोग पुग्ने गरी भूमिका नभएकोमा आफ्ना सांसदप्रति प्रधानमन्त्रीको गुनासो रहेको छ ।

शनिबार बसेको नेकपा संसदीय दलको बैठकमा यसरी असन्तुष्टि व्यक्त गर्दै सरकारको बचाउमा लाग्न सांसदहरुलाई फेरी निर्देशन दिनु भयो । यस अघि बजेट भाषणपछि पनि प्रधानमन्त्री ओलीले बजेटको विपक्षमा नबोल्न र सरकारको बचाउनमा बोल्न कडा निर्देशन दिनु भएको थियो ।

दुई तिहाईको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको गुनासो अहिले सर्वत्र छ । सडकमा जनता यस्तै भनिरहेका छन् भने सदनमा सत्तापक्ष तथा विपक्षी सांसदहरु पनि यसै भनिरहेका छन् । सडकदेखि सदनसम्म यसरी सरकारले प्रभावकारी काम गर्न नसकेको भनेर गुनासो गरिरहेका बेला उल्टै प्रधानमन्त्री केपी शर्मा ओली भने सांसदको भूमिका प्रभावकारी नभएको भनी आफ्नै सांसदप्रति असन्तुष्ट देखिनु भएको छ ।

सांसदहरु दशैं तिहारको लागि जिल्ला जिल्ला जाने तयारी गरिरहेका बेला प्रधानमन्त्री ओलीले आफ्ना सांसदहरुको भेलामा यस्तो असन्तुष्टि प्रकट गर्नु भएको हो । शनिबार संसदीय दलको बैठकमा आफ्ना सांसदहरु पनि प्रतिपक्षी कित्ताको जस्तो देखिएको भन्दै व्यंङग गर्नु भयो ।

संसदीय समितिहरु पनि सरकारको असहयोगी जस्तो देखिएको र संसदमा पनि सांसदहरुले सरकारको बचाउ नगरेको भन्दै प्रधानमन्त्री ओलीले अबदेखि सरकारको बचाउमा लाग्न र सरकारका राम्रा कामहरुको बारेमा मात्र प्रचार गरी बोल्न निर्देशन नै दिनु भयो । प्रधानमन्त्रीको निर्देशनलाई नेकपाका सांसदहरुले कसरी हेर्नु भएको छ त ?

बजेट अधिबेसन सकिएर दशैमा घरजान लागेका सांसदहरुलाई प्रधानमन्त्रीले यो निर्देशन दिनुभएको हो । पार्टी एकताले पुर्णता पाउन नसक्दा केन्द्रदेखी स्थानीय तहका कार्यकर्ताहरु समेत निराश भएको अवस्था छ । जसको कारण सरकारका राम्रा कामहरु जनताका माझमा पुग्न नसक्दा जनतामा निराशा बढ्दै गएको नेकपाका नेताहरुको बुझाइ छ ।यस्तो अवस्थामा संसदीय दलका नेताबाट सरकारका राम्रा काम जनताका समक्ष लैजान दिएको निर्देशन आउनु सकारात्मक भएको नेकपाका नेताहरु बताउँछन् ।

पछील्लो समय सदंसदीय समितिले बढी निर्देशन दिएको र सरकारलाई नियन्त्रण गर्न खोजेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि पोखेको समाचार पनि बाहीर आएको छ । प्रधानमन्त्रीको असन्तुष्टिपछि सभामुख कृष्णबहादुर महराले संसदीय समितिका निर्देशनका कारण सरकारलाई अप्ठ्यारो परेको भनेर प्रधानमन्त्रीले गुनासो गरेको भन्दै समितिको काम नियन्त्रण गर्ने होइन,निगरानी मात्र गर्ने हो भनेर अभिव्यक्ती समेत दिनु भएको थियो ।

कहिले समतिलाइ सभामुख मार्फत निर्देशन दिन लगाउने कहिले सांसदहरुलाई सरकारका राम्रा कामहरु जनताका समक्ष लैजाउ भनेर प्रधानमन्त्रीले आफैं निर्देशन दिनु पर्नाको कारण खोजिंदैछ । सरकारले आर्थिक बृद्धी हासिल गर्न समाजिक बिकास गर्न नसक्नुको कारण जनतामा निराशा बढ्दै गएको अनुभुतिले प्रधानमन्त्रीबाट यस किसिमका निर्देशन दिन थालीएको राजनीतिक बिश्लेषक अरुण सुबेदीको बुझाइ छ ।

प्रधानमन्त्रीको सार्वजनिक अभिव्यक्ति र पार्टीका सांसदहरुलाई दिइइएको निर्देशनलाई हेर्दा लाग्छ, प्रधानमन्त्री पनि सरकारप्रतिको बढ्दो असन्तुष्टिप्रति अवगत हुनुहुन्छ । जनअपेक्षा अनुसार सरकारको काम प्रभावकारी बन्ने नसकेपछि जनआक्रोश सरकार हुँदै व्यवस्था र संविधानप्रति नै लक्षित हुन थालेपछि प्रधानमन्त्री त्यसको बचाउमा उत्रिनु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);