राष्ट्रपति भण्डारीद्वारा नविनतम प्रविधिको प्रयोगमा जोड | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

राष्ट्रपति भण्डारीद्वारा नविनतम प्रविधिको प्रयोगमा जोड

rastrapati bidhyadevi bhandari

काठमाडौं, ५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल हुने गरी बैज्ञानिक खोज तथा अनुसन्धानबाट प्राप्त नविनतम प्रविधिको प्रयोगमा जोड दिन सरकारलाई आग्रह गर्नु भएको छ ।

आइतवार राजधानीमा आयोजित प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार बितरण समारोहमा राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले अध्ययन र अनुसन्धानको क्षेत्रमा प्राज्ञिक तथा शिक्षण संस्थाहरुलाई थप प्रोत्साहन हुने गरी प्रतिभा विकास, र पहिचान उजागर हुने गरी राज्यका सबै निकायको ध्यान पुग्ने विश्वास पनि व्यक्त गर्नु भयो । राष्ट्रपति भण्डारीले नेपाल परापूर्व कालदेखिनै खोज, अनुसन्धानको थलोको रुपमा रहेको भन्दै त्यस्ता ज्ञान र विज्ञानको विकास गर्न सम्वद्ध निकायहरु उत्तिकै अग्रसर हुनुपर्नेमा पनि जोड दिनु भयो ।

कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले खोज तथा अनुसन्धानको क्षेत्रको विकासका लागि प्रोत्साहन गर्न सरकारले सो पुरस्कारको व्यवस्था गरेको बताउनु भयो ।उहाँले सरकारले कृषि क्षेत्रको विकासका लागि पनि वैज्ञानिक अध्ययन र अनुसन्धानको कामलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा आँखाको अनुसन्धानमा अन्तराष्ट्रिय क्षेत्रमा समेत ख्याती कमाउनु भएका वरिष्ठ चिकित्सक सन्दुक रुइतलाई ५ लाख नगदसहित प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरष्कार पुरस्कार प्रदान गरिएको हो । त्यसैगरी कार्यक्रममा युवा वैज्ञानिकद्धय रति मियाँ र विकल्प ढुंगानालाई पनि जनही नगद २ लाख ५० हजारसहितको ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहायता’ पुरस्कार बितरण गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);