माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाकाे लागि लगानी जुट्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८१, बिहीबार

माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाकाे लागि लगानी जुट्यो

काठमाडौं, १५ कात्तिक । माथिल्लो त्रिशुली –१ जलविद्युत आयोजनाका लागि आवश्यक लगानी जुटेको छ । कोरियन कम्पनीले निर्माणको जिम्मेवारी लिएको सो जलविद्युत आयोजनाका लागि आवश्यक लगानीसम्बन्धि सम्झौतामा शुक्रबार काठमाडौंमा गरिएको हो ।

उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा काठमाडांैमा कम्पनी र लगानीकर्ता अन्तराष्ट्रिय बैंक तथा वित्तिय संस्थाहरुबीच सो जलविद्युत आयोजनाका लागि ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरिएको छ ।

बाँकि ३० प्रतिशत रकम भने ईक्विटीबाट जुटाइएको छ । जस अनुसार विश्व बैंक समूहको अन्तराष्ट्रिय वित्त निगमले १६ करोड १३ लाख, एशीयाली विकास बैंकले ६ करोड, एशीयाली पूर्वाधार लगानी बैंकले ३ करोड ९६ लाख, कोरियन आयात बैंकले १० करोड, कोरिया डेभलप्मेन्ट बैंकले ३ करोड अमेरिकी डलर सो आयोजनामा ऋण लगानी गर्नेछन ।

कार्यक्रममा बोल्दै उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले सो जलविद्युत आयोजनामा लगानी गर्ने सबै अन्तराष्ट्रिय बैंक तथा वित्तिय संस्थाहरुप्रति आभार व्यक्त गर्नु भयो । त्यस अवसरमा उहाँले सरकारले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न अनुकूल वातावरण बनाएको पनि स्मरण गराउनु भयो ।

मन्त्री पुनले सरकारले उर्जा क्षेत्रको विकासका लागि बाह्य लगानी अनुकूलको नीतिगत, संरचनागत आधार पनि तय गर्दै गएको पनि बताउनु भयो । निर्माण सुरु गरिएको ५ वर्ष भित्र सम्पन्न गर्र्ने लक्ष्य लिइएको सो जलविद्युत आयोजनाबाट वार्षिक रुपमा १ अर्व ५३ करोड ३१ लाख युनिट उर्जा उत्पादन हुने पनि सम्झौंतामा उल्लेख गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);