ऊर्जा क्षेत्रको विकासका लागि अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना तय | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

ऊर्जा क्षेत्रको विकासका लागि अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना तय

barsha man pun

काठमाडौं, ९ चैत । सरकारले विद्युतीय ऊर्जा क्षेत्रको विकासका लागि अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना तय गर्ने भएको छ ।

ऊर्जामन्त्री वर्षमान पुनले निजी क्षेत्रसँगको सहकार्यमा ऊर्जा विकासका योजना तय भइरहेको बताएका हुन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को आयोजनामा आज काठमाडौँमा आयोजित कार्यक्रममा ऊर्जामन्त्री पुनले ऊर्जा क्षेत्रमा आन्तरिक तथा बैदेशिक लगानी भित्र्याउने गरी सरकारले योजना बनाइरहेको बताए ।

साथै नेपालभित्रको आन्तरिक वित्तीय श्रोतलाई जलविद्युत क्षेत्रको विकासको लागि अधिकतम उपयोग गर्ने उनको भनाई छ । निर्माणाधीन जलविद्युत आयोजनामा देखिएका अवरोधबारेमा सरकारले अध्ययन गरिरहेको भन्दै मन्त्री पुनले चाँडै आवश्यक कदम चाल्ने पनि स्पष्ट पारे । कार्यक्रमका सहभागीहरुले नीति र योजनाको प्रभावकारी नभएसम्म ऊर्जा क्षेत्रको विकास चुस्त हुन नसक्ने बताए ।

मन्त्री पुनलाई उनीहरुले नीति तथा कार्यक्रमको कार्यान्वयन पाटो सबल बनाउन सुझाव पनि दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);