विद्युत वितरण र निर्यातको लागि पूर्वाधार निर्माणमा सरकारले महत्व दिएर काम गरेको छः ऊर्जामन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

विद्युत वितरण र निर्यातको लागि पूर्वाधार निर्माणमा सरकारले महत्व दिएर काम गरेको छः ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत वितरण र निर्यातको लागि आवश्यक पर्ने पूर्वाधारका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गरिहेको बताउनुभएको छ ।

मंगलवार भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले विद्युत् खपत बढाउन र आपूर्तिलाई गुणात्मक रुपमा सुधारका लागि प्रसारण तथा वितरण प्रणाली सुधार गरी विद्युत निर्यातको लागि समेत आवश्यक पर्ने पूर्वाधारका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर सरकारले काम गरिहेको बताउनु भयो । उहाँले नेपालमा खपत भएर अतिरिक्त भएको विद्युत निर्यातका लागि अन्तरदेशीय प्रशारण लाइन निर्माणलाई पनि प्राथमिकता दिएर काम भइरहेको बताउनु भयो ।

उहाँले विद्युत विकासमा भएको सुधारसँगै आएका नयाँ चुनौतिहरुलाई अवसरको रुपमा सरकारले ग्रहण गरिरहेको बताउनु भयो। उहाँले यो जिम्मेवारीलाई पूरा गर्ने गरी देश व्यापी रुपमा ट्रान्समिसन लाइनको बिस्तार र प्रसारण तथा वितरण प्रणाली सुधार गरी गुणात्मक बनाउनको लागि मिटर रिडिङ प्रणाली कार्यान्वयन गर्न लागेको बताउनु भयो। उहाँले ४०० केभिका अन्तरदेशीय प्रशारण लाइन निर्माण कार्य शुरु गरेका पनि बताउनु भयो। उहाँले मुलुकमा विद्युत उत्पादन र खपत वृद्धिकोे भार बहन गर्नसक्ने गरी प्रसारणलाइनहरुको विकास बिस्तार गरी रहेको बताउनु भयो। उहाँले सरकारले आन्तरिक वितरण प्रणालीलाई व्यवस्थित गर्ने गुणस्तरिय बनाउने र विद्युत व्यापारमा जोड दिएर एकीकृत योजना बनाई रहेको बताउनु भयो। उहाँले सरकारले सेवा प्रवाहको लागि मात्रै नभएर सबैको लागि ऊर्जा,विकासको लागि ऊर्जा,समृद्धिको लागि ऊर्जा र स्वच्छ वातावरणको लागि ऊर्जाको लागि योजना बनाएर काम गरिरहेको उल्लेख गर्नुभयो।

मंगलवार नयाँ भरतपुर २२०÷१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन भएको छ । प्रधानमन्त्री दाहालले आज सबस्टेसज र प्रशारण लाइनको संयुक्त रुपमा उदघाटन गर्नुभएको हो । नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआइबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रशारण लाइन निर्माण गरिएको हो । सबस्टेसन २०७७ को असारमा ठेक्का लागेर २०८० को साउनमा निर्माण सम्पन्न भएको थियो । यसको कुल लागत एक अर्ब ५२ करोड छ । हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रशारण लाइनको लम्बाइ करिव १४७ किलोमिटर छ । ७ अर्ब ९४ करोड कुल लागतमा निर्माण सम्पन्न भएको यो प्रशारण लाइनबाट एक हजार मेगावाटसम्म विद्युत प्रवाह गर्नसक्ने क्षमता छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);