सर्तबाट पछि हट्यो भारत, नेपालमा उत्पादित विद्युत् किन्न तयार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

सर्तबाट पछि हट्यो भारत, नेपालमा उत्पादित विद्युत् किन्न तयार

bijuli

काठमाडौं, ९ पुस । दक्षिणी छिमेकी भारतले नेपालको विद्युत् व्यापारमा दुई वर्षअघि लगाएको तगारो हटाउँदै अब जोसुकैले उत्पादन गरेको भए पनि बिजुली किन्ने निर्णय गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

२०१६ डिसेम्बर ५ मा क्रस बोर्डर विद्युत् व्यापार निर्देशिका परिमार्जन गर्दै भारतले आफूले ५० प्रतिशतभन्दा कम लगानी गरेका नेपाली आयोजनाबाट उत्पादित बिजुली नकिन्ने निर्णय गरेको थियो।

ठिक एक वर्षपछि डिसेम्बर १८ मा निर्देशिका परिमार्जन गर्दै भारतले पहिलेको सर्त उल्टाएको हो। अब भारतले नेपालमा जुनसुकै मुलुक वा कम्पनीले उत्पादन गरेको बिजुली किन्नेछ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);