गोकर्ण बिष्टको प्रश्नः जुनसुकै कम्पनीले उत्पादन गरेको बिजुली भारतले किन्छ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

गोकर्ण बिष्टको प्रश्नः जुनसुकै कम्पनीले उत्पादन गरेको बिजुली भारतले किन्छ ?

काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण बिष्टले सरकारले विद्युतको आन्तरिक खपत बढाउन नसकेको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजपनि देशमा आन्तरिक खपतको अवस्था कहालीलाग्दो रहेको बताउनु भयो ।

उहाँले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली भारतले खरिद गर्ने कुरा चर्चामा आएपनि जुनसुकै देशको ठेकेदार र कम्पनीबाट उत्पादित बिजुली निर्वाध ढंगले पठाउने सन्दर्भमा कुने सहमति भएको छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले १० हजार मेगावाट बिजुली निर्यात गर्नका लागि आवश्यक पर्ने संरचना निर्माणको प्रक्रियामा सरकार गम्भीर बन्न नसकेको बताउनु भयो ।

एमाले सचिव समेत रहनुभएका बिष्टले आन्तरिक खपत बढाउनुको ठाउँमा विद्युत खेर जाने भयो भनेर विद्युत उत्पादन बन्द गर्नु नहुने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);