संसद चलिरहँदा फेसबुकमा व्यस्त तोसिमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८१, सोमबार

संसद चलिरहँदा फेसबुकमा व्यस्त तोसिमा

काठमाडौं । नेपालको सांसदमा सांसदहरु निदाउने, ‘साइड टक’ गर्ने र फोनमा व्यस्त हुने कुरा नयाँ होइन् । तर, जनताले भरोसा गरेका सांसदहरुले यसो गर्नु भने असोभनीय हो ।

आजको सांसदमा यस्तै दृश्य देखियो । आज प्रतिनिधिसभामा बजेटको मन्त्रालयगत छलफल चलिरहेको थियो । रोष्टममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियार बोलिरहेका थिए ।

ठीक त्यहि समयमा रास्वपाकै सांसद तोसिमा कार्कीको फेसबुकबाट एक स्ट्याटस पोष्ट भयो । ठिक १ः५५ बजे । यो समयमा चलिरहेको संसदको फुटेज हेर्दा सांसद कार्की र रास्वपाका अर्का सांसद विन्दवासिनी कंसकारको अनुहार भुँइ तिर हेरेको देखिन्छ ।

सांसद चलिरहेको समयमा कार्कीले लेखेकी छन्– जानकी, राजा जनक की छोरी हुन्, जनक मिथिलाका राजा थिए, जनकपुर मिथिलाको राजधानी थियो, जनकपुर नेपालमा छ्र र जानकी नेपालकी छोरी हुन् । यसैलाई उनले हिन्दीमा पनि लेखेकी छन्– हम नेपालीयों को तो ये गौरवपूर्ण इतिहास मालुम ही हैं । हमारी पडोसी राष्ट्रके लोगों के सहजता के लिए हमने ये हिंदीमें लिखा हैं।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);