काठमाडौं । भारतले नेपालमा उत्पादन भएको बिजुली किन्न बेवास्ता गर्दा नेपालमा उत्पादन भएको ७ करोड रुपैयाँ बराबरको बिजुलि खेर गएको छ । भारतको बजारबाट नेपालमा बिद्युत किन्न पाउने अनुमती दिएको भरतले नेपालबाट भारतको बजारमा बिजुली बेच्न पाउने अनुमति रोकेर राख्दा नेपालमा उत्पादन भएको बिजुली खेर गएको हो ।
भारतीय पक्षले बिद्युत किन्न बेवास्ता गरेपछि गत भदौ र असोज महिनामा मात्रै झण्डै दुई अर्ब रुपैयाँ बराबरको विद्युत खेर गएको छ भने अजै ढिला सुस्ती गरेमा मंसिरसम्ममा थप २ अर्ब रुपैयाँ बराबरकोे विद्युत खेर जाने ऊर्जा मन्त्रालयले जनाकारी दिएको छ ।




