नेपालमा यस वर्ष धान उत्पादनमा कमि हुने अनुमान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपालमा यस वर्ष धान उत्पादनमा कमि हुने अनुमान

dhan

काठमाडौं, ६ कात्तिक । विभिन्न कारणले गर्दा नेपालमा कृषि उत्पादन कम हुँदै गएको छ । विश्वभर जलवायु परिवर्तनको असर संसारभरका लागि तीतो यथार्थ भइरहेका बेला कृषि उत्पादनमा ह्रास आइरहेको हो । यसको असरबाट अब कृषि र खाद्यक्षेत्रलाई कसरी जोगाउने भन्नेतर्फ अग्रसर हुनुपर्ने देखिएको छ ।

पछिल्ला दिनहरुमा बढ्दो जनसंख्याको चाप औद्योगिकीकरण लगायतका कारण विश्वकै वाताबरणमा असर पुगेको छ । वातावरणमा पुगेको असरबाट उत्पन्न जलवायु परिर्वतनका कारण मनसुनका बेला वर्षा हुँदैन, हिमपातका बेला गर्मी हुन्छ । यसको प्रत्यक्ष असर बालीनाली कृषिजन्य उत्पादनमा पनि परेको छ । यो वर्ष नेपालका विभिन्न जिल्लामा कमसल जातका बिउका कारण बाली नलागेको र फौजी किराका कारण धान उत्पादनमा कम हुने अनुमान गरिएको छ ।

खाद्यसंकटको चुनौती खेपिरहेको नेपालमा यस्तो अवस्था सिर्जना हुनु भनेको निश्चय पनि गम्भिर विषय हो । नेपालमा करिब ३ करोड जनसंख्यालाई पुग्ने खाद्यान्न उत्पादन गर्ने पर्याप्त जमिन छ । जैविक विविधताका कारण आममानिसले प्राप्त गर्नुपर्ने सन्तुलित खाद्यान्न नेपालमै उत्पादन हुन पनि सक्छ । यस्तो अवस्थामा सरकारले आवश्यक खाद्यान्नमा आत्मनिर्भर बन्ने निती लिए अनुरुप काम अगाडी बढेको बिभागको दावी छ ।

नेपालमा साढेपन्ध्र लाखहेक्टर जमिनमा धान खेती हुन्छ । दशवर्ष यता नेपालको जनसंख्या १ सय ४३ प्रतिशतले बढेको छ भने उत्पादन १ सय ४९ प्रतिशतले बढेको तथ्यांक छ । नेपालमा वार्षिक ६ लाख टन धान आयात हुन्छ । यस्तो अवस्थामा दिर्घकालीन नीति बनाएर दृढताका साथ कार्यान्वयन नगर्ने हो भने भोलिका दिनमा खाद्य संकट नआउला भन्न सकिन्न ।

प्रविधि विकास र प्रसारमा कमजोरी, बीउ–मलको उचित व्यवस्थापन हुन नसक्नु नेपालका मौलिक समस्या हुन् । यी सबै समस्याको समाधान गर्न सके नेपाल कृषि उत्पादनमा निर्यातक राष्ट्र बन्न सक्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);