तीन बर्षभित्र सबै जनताको घरमा बिजुली पुग्छ : उर्जामन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तीन बर्षभित्र सबै जनताको घरमा बिजुली पुग्छ : उर्जामन्त्री

barsaman pun

भरतपुर, ६ कात्तिक । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले तीन बर्षभित्र सबै जनताको घरमा बिजुली पुग्ने दावी गर्नु भएको छ । बुधबार भरतपुर महानगरपालिकाले गरेको नारायणी र राप्ती नदी तटबन्धन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री पुनले सबै जनताको घरमा बिजुली पु-याउन चालु आर्थिक बर्षमा पर्याप्त बजेट छुट्याइएको बताउनु भयो ।

उहाँका अनुसार यसवर्ष सरकारले नदी नियन्त्रण र तटबन्धनका लागि करिब ६ अर्बको हाराहारीम बजेट विनियोजन गरेको छ । मन्त्री पुनले २० करोडको लागतमा भरतपुर महानगरपालिकामा स्मार्ट स्ट्रीट लाइट जडान गर्न लागिएको जानकारी दिनुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले नारायणी नदी तटबन्धन, पश्चिम चितवनका सिंचाइको व्यवस्था र रिंगरोडको कामलाई तीव्रताका साथ पर्याप्त बजेटसहित अगाडि बढाइदिन उर्जामन्त्री पुनसमक्ष आग्रह गर्नु भयो ।

कार्यक्रममा जलस्रोत तथा उर्जा मन्त्रालयका सचिव रविन्द्र श्रेष्ठ, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका प्रमुख मधुसुदन अधिकारी, भरतपुर २६ का वडाध्यक्ष ज्ञानप्रसाद खनाल, भरतपुर महानगरका इन्जिनियर भरत आचार्य लगायतको सहभागिता रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);