नेप्से सूचक घटेपनि कारोबार रकममा उल्लेख सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेप्से सूचक घटेपनि कारोबार रकममा उल्लेख सुधार

stock_exchange_nepse

काठमाडौं, २१ कात्तिक । शेयर कारोबार साताको अन्तिम दिन बिहिबार नेप्से सूचक घटेपनि कारोबार रकममा भने उल्लेख सुधार भएको छ । बिहिबार नेप्से ६ दशमलब शून्य ५ अंकले घटेर परिसूचक एक हजार एक सय ३१ दशमलब ९ सात अंकमा पुगेको छ ।

१ सय ६३ कम्पनीका १२ लाख ९६ हजार कित्ताशेयर पाँच हजार ४८ पटकको कारोबारबाट ३७ करोड ४१ लाख बढीमा खरिद बिक्री भएको छ । यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स एक दशमलब ४ शून्य अंकले घटेर २ सय ४८ दशमलब ३ एक अंकमा पुगेर बन्द भएको छ ।

बिहिबार व्यापार, निर्जीवन बीमा र म्युचुअल फण्ड समूहबाहेक कारोबार भएका सबै समूहको परिसूचक ओरालो लागेको छ । व्यापार समूह १९, निर्जीवन बीमा समूह १२ दशमलब एक ४ र म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलब शून्य चार अंकले उकालो लागेको हो । एनएमबि बैंकको सबैभन्दा बढी ११ करोड बढीको शेयर कारोबार भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);