सबै विज्ञापन एजेन्सीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सरकारको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सबै विज्ञापन एजेन्सीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सरकारको निर्देशन

काठमाडौं, २१ कात्तिक । सरकारले सबै विज्ञापन एजेन्सीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन कडा निर्देशन दिएको छ । सामाजिक सुरक्षा कोषकी प्रवक्ता रमा भट्टराईले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सबै विज्ञापन एजेन्सीहरुलाई सचेत गराउनु भएको हो ।

सामाजिक सुरक्षा कोषमा आवद्ध हुने व्यवस्था बाध्यकारी भएको उल्लेख गर्दै उहाँले त्यसमा आवद्ध नहुने विज्ञापन एजेन्सीहरुलाई सरकारी विज्ञापन समेत नदिने निर्णय गरिएको पनि स्पष्ट पार्नु भयो ।

बिहीबार काठमाडौंमा आयोजित ‘सामाजिक सुरक्षा कोष अभिमुखिकरण’ कार्यक्रममा बोल्दै प्रवक्ता भट्टराईले सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका कुनै पनि संस्थाको नविकरण नगर्ने तथा उनीहरुलाई सरकारबाट हुने कुनै पनि सेवा र सुविधा समेत नदिने तयारी गरिएको पनि बताउनु भयो ।

‘सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका कुनै पनि विज्ञापन एजेन्सीलाई सरकारी विज्ञापन समेत नदिने बाध्यकारी व्यवस्था गरिएको छ,’ प्रवक्ता भट्टराईले भन्नु भयो, ‘यसमा आवद्ध नहुने कुनै पनि संस्थाको नविकरण र ‘ट्याक्स क्लियरेन्स’ लगायतका काम समेत नगर्ने तयारी पनि सरकारले गरेको छ ।’ उहाँले सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका संस्थालाई काम गर्न अनुमति दिन नसकिनेतर्फ पनि सचेत गराउनु भयो ।

कोषले रकम अभावमा परेका संस्थाहरुलाई भने सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सहजता प्रदान गर्ने पनि जनाएको छ । कोषकी प्रवक्ता भट्टराईले संस्थाको आम्दानीलाई हेरेर सामाजिक सुरक्षा कोषमा आवद्ध हुने व्यवस्था पनि गरिएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार रिजालले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनका लागि सबै विज्ञापन एजेन्सीहरुको ध्यानाकर्षण गराउनु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);