संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम साहसिक : रामबहादुर थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम साहसिक : रामबहादुर थापा

काठमाडौं, १८ पुष । गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर सही कदम चालेको बताउनुभएको छ ।

शनिबार नेकपा काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको बृहत्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई साहसिक समेत भन्नुभएको छ ।

उहाँले संसद्मा बहुमत बनाएर अविश्वासको प्रस्ताव दर्ता गरी राजनीतिक ‘कू’ गर्न खोजेपछि प्रधानमन्त्रीले संसद् विघटन गर्नुको विकल्प नरहेको उहाँले जिकिर गर्नुभयो ।
मन्त्री थापाले नेकपामा विग्रह आउनुको कारण सत्ता लोलुपता नै मुख्य कारण भएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्डले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्ताव नभएर आरोपपत्र नै भएको पनि थापाको भनाई छ ।

थापाले जनतासामू जानु लोकतान्त्रिक कदम भएकोले प्रतिगामीहरुलाई चुनावमार्फत नै पराजित गरिने पनि दावी समेत गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);