नेकपामा दुर्भाग्यको कारण जंगली महत्वाकांक्षा : नेता पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

नेकपामा दुर्भाग्यको कारण जंगली महत्वाकांक्षा : नेता पोखरेल

काठमाडौं, १८ पुष । नेकपा नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले केही नेताहरुको जंगली महत्वाकांक्षाका कारण पार्टीमा दुर्भाग्य निम्तिएको बताउनुभएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षलाई लक्षित गर्दै नेता पोखरेलले संसद् विघटन पनि दाहाल र नेपालकै कारण निम्तिएको आरोप लगाउनुभयो । दाहाल–नेपाल पक्षमा देश बनाउने र संकट समाधान गर्नेबारे छलफल नभएर सत्ता बाँडफाँडमा मात्र छलफल हुने गरेको दावी उहाँले दावी गर्नुभयो ।

यस्तै दाहाल–नेपाल पक्षले गम्भीर षड्यन्त्रको तानाबाना बुन्दै अविश्वासको प्रस्तावको तयारी गरेको पनि नेता पोखरेलले बताउनुभयो। साथै विपक्षी समूहले एकताविरोधी हर्कत गरेको पनि उहाँको आरोप थियो ।

यस्तै पोखरेलले आफूहरुको लडाइँ पार्टीभित्र मात्रै नभएर बाहिरका कम्युनिष्ट विरोधीहरुविरुद्ध पनि भएको बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);