प्यालेस्टाइनको समर्थनमा न्युयोर्कमा जुलुस | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

प्यालेस्टाइनको समर्थनमा न्युयोर्कमा जुलुस

काठमाडौं, २८ असोज । इजरायल र हमासबीच बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै प्यालेस्टाइनीलाई समर्थन गर्न न्युयोर्क टाइम्स स्क्वायरमा हजारौँ उपस्थित भएका छन् ।

उनीहरले प्यालेस्टाइनको समर्थन गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । उनीहरुले प्यालेस्टानइनको रातो, कालो र हरियो झण्डा बोकेर विभिन्न नाराबाजी गरेका थिए । कतिपयले फ्रि प्यालेस्टाइन, प्यालेस्टाइनलाई साथ दिनुहोस् र व्यवसाय आतंकवाद हो ? जस्ता प्लेकार्ड बोकेका थिए । प्रदर्शनकारीहरुले गाजामा युद्ध बन्द गर्न, निर्दोष नागरिकको हत्या रोक्न र इजरायली रंगभेदलाई दिइने सबै सहायता बन्द गर्न माग गरेका थिए ।

उनीहरुले युद्धले समस्या समाधान नगर्ने भन्दै वार्ताका लागि पहल गर्नसमेत आग्रह गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);