एलोन मस्कले टेस्लाका ५० कर्मचारीहरूलाई ट्विटरमा ताने | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

एलोन मस्कले टेस्लाका ५० कर्मचारीहरूलाई ट्विटरमा ताने

न्युयोर्क। हाल ट्विटरका एकमात्र निर्देशक र सीईओ एलोन मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जाल काम गर्न अख्यितार प्रदान गरेको सीएनबीसीको एक रिपोर्टमा भनिएको छ । यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन् ।  प्रायः अटोपाइलट टोलीका छन् । दुई जना बोरिङ कम्पनीका र एकजना न्युरालिङ्कका छन् ।  मस्कले यही अक्टोबर २८ मा ट्वीटरको ४४ बिलियन डलरको अधिग्रहण पूरा गरेका थिए। पछिल्लो अधिग्रहणसँगै अर्बपति मस्कले सामाजिक सञ्जाल कम्पनीलाई आफूले प्रमुख वा सह–स्थापना गरेका कम्पनीहरूको सूचीमा थपेका छन् । मस्कले ट्विटरमा तानेका अन्य कम्पनीका कर्मचारीहरूमा टेस्लाका सफ्टवेयर विकास निर्देशक अशोक इल्लुस्वामी, अटोपाइलट र टेस्लाबोट इन्जिनियरिङका निर्देशक मिलन कोभाक, सफ्टवेयर इन्जिनियरिङका वरिष्ठ निर्देशक महा विर्दुहगिरीलगायत छन् ।

पदभार ग्रहण गरेको केही समय पछि, ट्विटरको “चीफ ट्विट“ मस्कले कम्पनीका सीईओ पराग अग्रवाल, सीएफओ नेड सेगल र कानुनी र नीति प्रमुख विजया गड्डेलाई बर्खास्त गरेका थिए । उनले  कम्पनीको निर्देशक बोर्ड पनि भंग गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);