एलोन मस्कले सीईओबाट राजीनामा दिने, उत्तराधिकारी पनि चयन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

एलोन मस्कले सीईओबाट राजीनामा दिने, उत्तराधिकारी पनि चयन

एजेन्सी, २९ वैशाख । ट्विटरको सीईओ एलोन मस्कले बिहीबार राति ट्वीट गर्दै ठूलो घोषणा गरेका छन् । वास्तवमा, एलोन मस्कले ट्विटरको सीईओ पद छोड्ने बताएका छन् । एलोन मस्कले ट्वीटरको नयाँ सीईओ चयन गरेको बताएका छन्। उनले नयाँ सीईओको नाम भने खुलाएनन् तर उनको ट्विटबाट उनले माइक्रोब्लगिङ प्लेटफर्मको सीईओ पदका लागि महिला कर्मचारीलाई छनोट गरेको देखिन्छ ।

एलोन मस्कले ट्विटरमा लेखेका छन्,“मलाई यो घोषणा गर्न पाउँदा खुसी लागेको छ कि मैले ट्विटरको नयाँ सीईओ चयन गरेको छु । उनले ६ हप्ताभित्र आफ्नो जिम्मेवारी सम्हाल्नेछिन् । अब मेरो भूमिका ट्विटरको कार्यकारी अध्यक्ष र ऋत्इ मा हस्तान्तरण हुनेछ ।’’

एलोन मस्कले ह् कर्प कम्पनी अन्तर्गत ट्विटरको कामलाई निरन्तरता दिनेछन् र उनले ट्वीटमा आफ्नो भूमिका स्पष्ट गरेका छन्। यसअघि एलोन मस्कले कम्पनीले निष्क्रिय खाताहरू हटाउने बताएका थिए । एलोन मस्कले ट्वीटमा लेखेका छन्,“हामी धेरै वर्षदेखि कुनै गतिविधि नभएका खाताहरू सफा गर्दैछौं, त्यसैले तपाईले फलोअरको संख्यामा कमी देख्नुहुनेछ।“

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);