अमेरिकी सरकारद्वारा देश छाड्न आदेश दिएका ६० रुसी कुटनीतिज्ञ स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

साउन २५ २०८३, मंगलबार

अमेरिकी सरकारद्वारा देश छाड्न आदेश दिएका ६० रुसी कुटनीतिज्ञ स्वदेश फिर्ता

अमेरिकी सरकारले देश छाड्न आदेश दिएका ६० रुसी कुटनीतिज्ञ सहित तिनका परिवारले वाशिङटन छाडेका छन् ।

donald trump

एजेन्सी, १८ चैत । अमेरिकी सरकारले देश छाड्न आदेश दिएका ६० रुसी कुटनीतिज्ञ सहित तिनका परिवारले वाशिङटन छाडेका छन् ।

बेलायतमा एकजना पूर्वरुसी जासुसमाथि स्नायु प्रणालीमा असर पार्ने विषाक्त रासायनिक पदार्थ प्रयोग गरी हमला गरेको घटनालाई लिएर अमेरिकाले रुसी कुटनीतिज्ञलाई देश निकाला गरेको थियो । कूटनीतिज्ञ र उनीहरूका परिवारका सदस्यसहित १७० जनाले वासिंटन छाडेको बीबीसीले जनाएको छ । कुटनीतिज्ञका परिवार दुईवटा विमानबाट मस्को फर्केका हुन् ।

यता रुसले पनि ६० जना अमेरिकी कुटनीतिज्ञलाई देश निकाला गरिसकेको छ । रुसको सेन्ट पिटर्सबर्गस्थित अमेरिकी कन्सुलेट बन्द गर्ने रुसी सरकारको निर्देशनपछि त्यहाँबाट अमेरिकी झण्डा हटाइएको छ ।

ताजा समाचार