लप्सीफेदी झडपमा पक्राउ परेका सबै रिहा | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

लप्सीफेदी झडपमा पक्राउ परेका सबै रिहा

काठमाडौं,३ मंसिर । काठमाडौंको शंखरापुर–३ को लप्सीफेदीमा भएको झडपको क्रममा पक्राउ परेका सबै रिहा भएका छन् । शुक्रबार र शनिबार प्रहरी र स्थानीयबीच भएको झडपमा १४ जना पक्राउ परेका थिए ।

शुक्रबार ४ जना र शनिबार १० जना गरी १४ जनालाई प्रहरीले पक्राउ गरेको थियो । तर स्थानीयले भने आफूहरुको माग सम्बोधन नभएसम्म शान्तिपुर्ण आन्दोलन जारी राख्ने बताएका छन् ।

बस्तीको बीचमा सबस्टेशन राख्न नहुने स्थानीयहरुको माग छ । सबस्टेशन र त्यसको सुरक्षा पोस्ट स्थापनाको विषयमा विवाद हुँदा शुक्रबार र शनिबार स्थानीय र सुरक्षाकर्मीबीच झडप भएको थियो ।

डिएसपी देवराज राईसहित तीन सुरक्षाकर्मी समेत घाइते भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);