ला लिगा : एथ्लेटिको मड्रिडमाथि रियल मड्रिडको सहज जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ला लिगा : एथ्लेटिको मड्रिडमाथि रियल मड्रिडको सहज जित

एजेन्सी, २८ मंसिर । स्पेनिस ला लिगा फुटबल रियल मड्रिड विजयी भएको छ । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले २–० गोल अन्तरले एथ्लेटिको मड्रिडमाथि जित दर्ता गरेको हो ।

रियलका लागि कासेमिरोले १५ औँ मिनेटमा गोल गरेर सुरुवाति अग्रता दिलाए । ६३ औँ मिनेटमा एथ्लेटिकोका ओब्लकले आत्मघाती गोल गरेपछि रियल मड्रिडको जित निश्चित भयो ।

जितपछि रियल १२ खेलबाट २३ अंकसहित तेस्रो स्थानमा पुगेको छ । पराजित भए पनि शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको ११ खेलबाट २६ अंक छ ।

गत राति नै भएका अरु खेलमा सेभिल्लाले गेटाफे तथा हुएस्काले एलाभेसलाई समान १–० ले पराजित गरेका छन् । एथ्लेटिको बिल्बाओ र भ्यालेन्सियाले २–२ को बराबरी खेलेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);