साउदी अरबद्वारा २१ औं एसियाली खेलकुद आयोजना गर्न नेपालसँग समर्थन माग | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

साउदी अरबद्वारा २१ औं एसियाली खेलकुद आयोजना गर्न नेपालसँग समर्थन माग

काठमाडौं, २७ मंसिर । नेपालका लागि साउदी अरबका राजदूत मुसाउद अल आरबेले २१ औं एसियाली खेलकुदको आयोजनाको दाबेदारीमा नेपालसँग समर्थन माग्नु भएको छ ।

शनिबार ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई भेटगरी राजदूत मुसाउदले सन २०३० मा हुने २१ औं एसियन खेलकुद गर्न साउदी अरबलाई सघाउन आग्रह गर्नुभएको हो । यसअघि कतारले पनि यस्तै समर्थन माग गरिसकेको छ ।

दुवैपक्षसँग थप छलफल गरी निष्कर्षमा पुगिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । अन्तिम निर्णय गर्नु अगाडि नेपाली खेलकुद र खेलाडीको हित र स्वार्थलाई मुख्य आधार बनाईने उहाँको भनाइ छ ।

साउदी अरबले सन् २०३० को एसियन खेलकुद आयोजनाका लागि दाबेदारी प्रस्तुत गर्दैछ । एसियन ओलम्पिक कमिटीको यही डिसेम्बर १६ मा ओमानको मस्कटमा हुने ३९ औं ओसीए महासभामा २१ औं एसियन खेलकुदका लागि मतदान हुनेछ ।

हालसम्म कतार र साउदी अरबीयाले २१ औं एसियन खेलकुद गर्नका लागि इच्छा देखाएका छन् । नेपालले पनि ती दुई मध्ये एक देशमा खेलकुद आयोजना गर्नका लागि मतदान गर्नेछ । नेपालसँगै ४५ देशले मतदान गर्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);