गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता अन्तरर्गत आज वाग्मती र राप्तीबीच खेल हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता अन्तरर्गत आज वाग्मती र राप्तीबीच खेल हुने

काठमाडौं, २८ मंसिर । गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज वाग्मती र राप्तीबीच खेल हुने भएको छ । भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा खेल हुन लागेको हो । शनिबार भएको पहिलो खेलमा वाग्मती टिम नारायणीसंँग सुपर ओभरमा पराजित भएको थियो ।

वाग्मती आज जित निकाल्दै फाइनल प्रवेशको लागि आफ्नो सम्भावना कायम राख्ने दाउमा छ । फाइनल पुग्न वाग्मतीलाई आजको खेल जित्नै पर्ने दबाब रहेको छ । राप्ती एक खेल अगावै फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रने छ ।

राप्ती बिनोद भण्डारीको कप्तानीमा रहेको छ भने वाग्मतीको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् । सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगितामा तीन टिम सहभागी छन् । शीर्ष दुई स्थानको टिमले मंसिर ३० गते फाइनल खेल खेल्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);