मनमोहन मेमोरियल यु १६ राष्ट्रिय क्रिकेट माघ २८ देखि | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

मनमोहन मेमोरियल यु १६ राष्ट्रिय क्रिकेट माघ २८ देखि

काठमाडौं,२५ माघ । मनमोहन मेमोरियल यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिइएको हो । मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा माघ २८ गतेदेखि फागुन ७ गतेसम्म पोखराको क्रिकेट रंगशालामा खेल हुनेछन् ।

मनमोहन मेमोरियल क्रिकेट सेन्टरले यसअघि दुई पटक खेल आयोजना गरिसकेको छ । यसवर्ष मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजना र नेपाल क्रिकेट संघ –क्यान) को समन्वयमा तेश्रो संस्करणको खेल हुन लागेको हो । उद्घाटन खेल गण्डकी र कर्णाली प्रदेशबीच बिहान ९ बजेबाट शुरु हुने सेन्टर अध्यक्ष ठाकुर गैरेले बताउनु भयो ।

नेपाल क्रिकेट संघ –क्यान) को वार्षिक क्यालेण्डर अनुसारको यस प्रतियोगितामा सात वटा प्रदेशबाट १÷१ र आयोजक मनमोहन मेमोरियलको १ गरी जम्मा ८ वटा टिम सहभागी हुनेछन् । २५ ओभरका १५ खेलहरु ९१२ लिग, २ सेमीफाइनल र १ फाइनल सञ्चालन हुनेछन् । प्रत्येक प्रदेशबाट १४ खेलाडी र २ टिम व्यवस्थापकसहित १६ जना गरी जम्मा १२८ खेलाडी सहभागी हुनेपनि अध्यक्ष ठाकुरले बताउनु भयो । लिग कम नकआउट अन्तर्गत हुने प्रतियोगिताको समूह क मा कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेश छन् भने समूह ख मा मधेस, लुम्बिनी, सुदूरपश्चिम तथा मनमोहन मेमोरियल रहेका छन् ।

विजेता टिमले १ लाख नगदसहित ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमले ५० हजार नगदसहित ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्र प्रस्कार पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्स म्यान, उत्कृष्ट बलर र म्यान अफ द म्याचलाई खेल सामग्रीसहित नगद पुरस्कार प्रदान गरिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);