फुटबलका अञ्जन र भलिबलकी अरुणाले पाए वर्ष खेलाडीको अवार्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

फुटबलका अञ्जन र भलिबलकी अरुणाले पाए वर्ष खेलाडीको अवार्ड

काठमाडौं । फुटबलका अञ्जन बिष्ट र भलिबलकी अरुणा शाही वर्ष २०७८ को वर्ष खेलाडी घोषित हुनुभएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेकोे प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७८’ मा महिला र पुरुषबाट बिष्ट र शाही वर्ष खेलाडी घोषित हुनुभएको हो । मंगलवार काठमाडौंमा भएको कार्यक्रममा सो अवार्ड प्रदान गरिएको हो । अञ्जनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल र फुटबलका किरणकुमार चेम्जोङलाई पछाडि पार्दै उक्त अवार्ड जित्नुभएको हो । अञ्जनले साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो पटक फाइनलमा पुर्याउन मद्दत गर्नुभएको थियो । विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोटअन्तर्गत समूह बीमा चाइनिज ताइपेइबिरुद्ध उहाँले ऐतिहासिक गोल गर्नुभएको थियो, १३ औँ साफ च्याम्पिन्सीसपमा श्रीलङ्का र बङ्गलादेशबिरुद्ध उहाँले गोल गर्नुभएको थियो । यस्तै उहाँ एनएसलमा सर्वश्रेष्ठ फरवार्ड चुनिनुभएको थियो ।

उहाँले अवार्डसँगै बजाज पल्सर मोटरसाइल प्राप्त गर्नुभयो । पिपुल्स च्वाइस विधाको अवार्ड भलिबलकी उषा भण्डारीले जित्नुभएको छ । उषाले मनोनयनमा परेका फुटबलका अञ्जन बिष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा बिष्ट र पौडीकी डुवाना लामालाई पछि पार्नुभयो । पिपल्स च्वाइस विधाको लागि ईसेवाको मतभार ५० प्रतिशत रहेको थियो । त्यसैगरी, सामाजिक सञ्जाल (फेसबुक लाइक) को मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलब ५ प्रतिशत र खेलपत्रकारको मतभार १२.५ प्रतिशत रहेको थियो । नेपाली राष्ट्रिय भलिबल टोलीकी महत्वपूर्ण सदस्य उषाले नेपालमा आयोजना भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) नेपाली महिला भलिबल टोलीले रजत जित्दा सदस्य हुनुहुन्थ्यो । उहाँले यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएको थियो । त्यस्तै वर्ष महिला खेलाडीको अवार्ड नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले जित्नुभयो । वर्ष महिला खेलाडी घोषित भलिबलकी अरुणाले क्रिकेटका सीता रानामगर र रुविना क्षेत्री, एथ्लेटिक्सकी पुष्पा भण्डारी र बक्सिङ पुनम रावललाई पछि पादै उक्त अवार्ड हात पार्नुभएको हो । अरुणाकै कप्तानी नेपालले बंगलादेश सम्पन्न एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनपिको उपाधि जितेको थियो । अरुणाले अवार्डसँगै बजाज पल्सर मोटरसाइल प्राप्त गर्नुभएको छ ।

यस्तै लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पियन रघुराज वन्तलाई प्रदान गरिएको छ । लाइफटाइम एचिभमेन्ट अवार्डसँगै वन्तले नगद ५० हजार प्राप्त गर्नुभयो ।

यस्तै युवा खेलाडीको अवार्ड मनिष डाँगी (फुटबल) ले जित्नुभएको छ । अन्तर्राष्ट्रिय फुटबल पदार्पणमा एशियाकै हेभिवेट फुटबल राष्ट्र इराकबिरुद्ध उहाँले गरेको गोल उत्कृष्ट थियो । साफ फुटबल च्याम्पियन्सीपको उद्घाटन खेलमा आयोजक माल्दिभ्सबिरुद्ध निर्णायक गोल गर्नुभएको थियो । ओलम्पियन पारा खेलाडी पलेशा गोवद्र्धन श्रेष्ठले पारा एथलिट अवार्ड प्रदान पाउनुभएको छ । जापानमा भएको टोकियोमा भएको पारालिम्पिक्समा पनि पलेशाले दुई फाइट जित्नुभएको थियो । पारा ओलम्पिकमा दुई फाइट जित्ने पनि उहाँ पहिलो खेलाडी हुनुहुन्छ । पलेशाले एशियन युथ पारा गेम्सको तेक्वान्दोमा स्वर्ण पदक जित्नुभएको थियो ।

बहराइनको मानमामा भएको एसिया युथ पारामा पलेशाले ५७ केजी मुनी क्याटागोरी ४४ मा स्वर्ण पदक जित्नुभएको थियो । एसियन युथ पारामा स्वर्ण पदक जित्ने उहाँ पहिलो नेपाली हुनुहुन्छ ।

यस्तै वर्षको उत्कृष्ट प्रशिक्षक राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक अब्दुल्लाह अलमुताइरी घोषित हुनुभयो । अलमुताइरीको प्रशिक्षणमा नेपालले पहिलो पटक एएफसी एशियन कप २०२३ को छनोटको तेस्रो चरणसम्म पुगेको थियो । उहाँकै प्रशिक्षणमा नेपाल एशिया कपको छनोटसम्म पुगेको थियो । माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिपमा नेपालले पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाउन उनी टोलीका प्रमुख प्रशिक्षक हुनुहुन्थ्यो । वर्षको उत्कृष्ट प्रशिक्षक बन्ने क्रममा अलमुताइरीले भलिबलका जगदिशप्रसाद भट्ट, बक्सिङका दीपक महर्जन, पारा तेक्वान्दोका कविराज नेगी लामा र क्रिकेटका देव ह्वाटमोरलाई पछि पार्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);