सिरी ए : फियोरेन्टिनासँग साबिक विजेता युभेन्टस पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

सिरी ए : फियोरेन्टिनासँग साबिक विजेता युभेन्टस पराजित

एजेन्सी, ८ पुष । साबिक विजेता युभेन्टस इटालियन सिरी ए फुटबलको यो सिजनमा पहिलो पटक पराजित भएको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा १० खेलाडीमा सीमित युभेन्टसलाई फियोरेन्टिनाले ३–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा १८ औँ मिनेटमा ख्वान कुआड्राडो रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । त्यसअघि नै तेस्रो मिनेटमा भ्लाहोविधले फियोरेन्टिनाका लागि गोल गरे ।

७६ औँ मिनेटमा युभेन्टसका लोबो सिल्भाले आत्मघाति गोल गरे । ८१ औँ मिनेटमा कासेरिसले गोल गरेपछि फियोरेन्टिना ३–० ले विजयी भयो ।

हारपछि १३ खेलबाट २४ अंक भएको युभेन्टस चौथो स्थानमा झरेको छ । १४ खेलबाट १४ अंकसहित फियोरेन्टिना १५ औँ स्थानमा पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);