बार्सिलोनाकाे जितमा मेस्सीले तोडे पेलेको कीर्तिमान ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बार्सिलोनाकाे जितमा मेस्सीले तोडे पेलेको कीर्तिमान !

एजेन्सी, ८ पुष । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले ३–० गोल अन्तरले रियल भालाडोलिडलाई पराजित गरेको हो ।

बार्सिलोनाका लागि क्लेमेन्ट लेङलेट, मार्टिन ब्रेथवेइट र मेस्सीले १–१ गोल गरे । यसैबीच लियोनल मेस्सीले बार्सिलोनाबाट ६ सय ४४ गोल गर्दै ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान भंग गरेका छन् ।

मेस्सीले एकै क्लबबाट सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमानलाई भंग गरेका हुन् । ब्राजिली लिजेण्ड पेलेले १९ सिजन सान्तोषबाट खेल्दै ६ सय ४३ गोल गरेका थिए । उनले सन् १९५६ देखि १९७४ सम्म ब्राजिली क्लब सान्तोषबाट ब्यवसायीक फुटबल खेलेका थिए ।

मेस्सीले बार्सिलोनाका लागि पहिलो गोल सन् २००५ मा गरेका थिए । उनले बार्सिलोनाबाट १० ला लिगा र ४ च्याम्पियन्स लिगको उपाधि हात पारे ।

यस सिजनको अन्त्यसंगै मेस्सीको बार्सिलोनासंगको सम्झौता सकिदैछ । मेस्सीले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिदा बार्सिलोना तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ८ अंकले पछाडी छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);