स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानको बार्सिलोनाले आफ्नो अग्रता बढायो | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

काठमाडौं,१५ माघ । स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानको बार्सिलोनाले आफ्नो अग्रता बढाएको छ ।गएराति भएको खेलमा शीर्ष स्थानको बार्सिलोनाले १७ औं स्थानको आलाभेसलाई २–१ ले पराजित गरी अग्रता बढाएको हो ।

बार्सिलोनाका लागि लुईस स्वारेज र लिओनल मेस्सीले एक एक गोल गरे । पहिलो हाफ बराबरी भएको खेलमा स्वारेजले ७२ औं तथा मेस्सीले ८४ औं मिनेटमा गोल गरेका हुन् । मेस्सीले ला लिगाको यो सिजनमा आफ्नो गोल संख्या २० पुर्याएका छन् । जितपछि बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँगको दूरी ११ अंकले बढाएको छ ।बार्सिलोनाका २१ खेलबाट ५७ अंक छ । गत सिजनको विजेता रियल मड्रिड भने २० खेलबाट ३८ अंकसहित लिगको चौंथो स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);