क्यार्डियाफ सिटीलाई २–० ले हराउँदै सिटी पाँचौं चरणमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

काठमाडौं, १५ माघ । आइतबार राति भएको खेलमा क्यार्डियाफ सिटीलाई २–० ले हराउँदै सिटी पाँचौं चरणमा प्रवेश गरेको हो । सिटीका लागि केभिन डि ब्रायनले खेलको आठौं र रहिम स्टर्लिङले ३७ औं मिनेटमा गोल गरे ।

यस्तै न्यूक्यासल युनाइटेलाई हराउँदै चेल्सी पनि एफ ए कपको पाचौं चरणमा पुगेको छ । चौथो चरणको खेलमा आइतबार चेल्सीले न्यूक्यासललाई ३–० ले हरायो । चेल्सीको घरलु मैदान स्ट्याम्फर्ड ब्रिजमा भएको खेलमा टिमलाई जिताउन मिसी बात्सइ नायक बने । ३१ औं मिनेटमा बेल्जियन बात्सइले मार्कोस अलोन्सोको पासमा गोल गरेका थिए । ४४ औं मिनेटमा बात्सइले नै दोस्रो गोल गरेपछि चेल्सीले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । ७२ औं मिनेटमा मार्कोस अलोन्सोको गोल गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);