म्यान्चेष्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

म्यान्चेष्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश

Man City ease into FA Cup fourth round

एजेन्सी, २० पुस । म्यान्चेष्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश,  म्यान्चेष्टर सिटीसँग पोर्टभेल ४–१ गोल अन्तरले पराजित ।

आइतबार बिहान भएको खेलमा चौथो डिभिजनको पोर्टभेललाई ४–१ ले पराजित गर्दै सिटी चौथो चरणमा प्रवेश गरेको हो । इथियाद स्टेडियममा भएको खेलमा घरेलु टिमलाई जित २०औं मिनेटमा ओलेक्सान्दर जिनचेन्कोले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा टम पोपले गोल गर्दै खेल बराबरीमा पु¥याए ।

पहिलो हाफ सकिनु तीन मिनेटअघि सर्जियो एग्युरोले फोडेनको पासमा गोल गर्दै सिटीलाई फेरी अग्रता दिलाए । ५८ औं मिनेटमा टेलर हारउड बेल्लिसले र ७६ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई जित दिलाए । यता म्यान्चेष्टर युनाइटेड र उल्भरह्याम्टनबीचको खेल गोलरहित बराबरीमा टुंगिएपछि रिप्ले खेलाइने भएको छ । उल्भ्सको मैदानमा भएको खेलमा दुबै टिमले गोल गर्न सकेका थिएनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);