इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाईटेडको जित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाईटेडको जित

काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम युनाईटेडले जित निकालेको छ ।

सोमबार राति भएको खेलमा १० खेलाडीमा सिमित लेस्टर सिटीलाई वेस्ट ह्याम युनाईटेडले ४–१ गोल अन्तरले पराजित गरेको हो ।

वेस्ट ह्यामलाई जित दिलाउन माइकल एन्टोनियोले दुई तथा पाब्लो फोर्नल्स र साइद बेन्रह्माले एक एक गोल गरे । लेस्टरका युरी टेलीमन्सले एक गोल फर्काए । खेलको २६ औं मिनेटमा पाब्लोले गोल गर्दै वेस्ट ह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै ५६ औं मिनेटमा बेन्रह्माले गोल गर्दै लेस्टरको अग्रता २–० को बनाए भने खेलको ६९ औं मिनेटमा युरीले गोल गर्दै लेस्टरलाई २–१ को स्थितिमा ल्याए । ८० औं मिनेटमा एन्टोनियोले गोल गर्दै वेस्ट ह्यामलाई ३–१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८४ औं मिनेटमा एन्टोनियोले व्यक्तिगत दोस्रो गोल गर्दै वेस्ट ह्यामलाई ४–१ को जित दिलाए । वेस्ट ह्यामको यो लगातार दोस्रो जित हो । यस जितसँगै वेस्ट ह्याम २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । लेस्टरको भने यो पहिलो हार हो । लेस्टरले २ खेलमा ३ अंक जोडेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);