यूरोकप छनोट फुटबल : बेल्जियमसँग सान मारिनो फराकिलो गोल अन्तरमा पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

यूरोकप छनोट फुटबल : बेल्जियमसँग सान मारिनो फराकिलो गोल अन्तरमा पराजित

euro cup

एजेन्सी, २४ असोज । यूरोकप छनोट फुटबलमा बेल्जियमले शानदार जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा बेल्जियमले सान मारिनोलाई ९–० को फराकिलो गोल अन्तरमा पराजित गरेको हो ।

जितसँगैै बेल्जियम अर्को वर्ष हुने युरोकप फुटबलमा छनोट हुने पहिलो टोली बनेको छ । समूह ‘आई’मा रहेको बेल्जियमले ७ खेलबाट २१ अंक जोडेको छ । दोस्रो स्थानको रुसको १८ अंक छ । युरोकप फुटबल छनोटकै अर्को खेलमा रुसले स्कटल्यान्डलाई ४–० ले हराएको छ । यस्तै, समूह ‘सी’को खेलमा नर्दन आयरल्यान्डलाई ३–१ ले हराउँदै नेदरल्यान्ड्स शीर्ष स्थानमा उक्लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);