विश्वकप फुटबल छनोट : फ्रान्स, पोर्चुगल, स्विडेन र स्विट्जरल्याण्ड विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

काठमाडौं, २२ असोज । विश्वकप फुटबल छनोट अन्तर्गत शनिबार राती भएका खेलमा फ्रान्स, पोर्चुगल, स्विडेन र स्विट्जरल्याण्ड विजयी भएका छन्। समुह ए को खेलमा बुल्गेरियालाई १-० ले हराउँदै फ्रान्सले अर्को वर्ष रुसमा हुने विश्वकपमा सोझै छनौट हुने संभावना बलियो पारेको छ।

यो समुहमा एक खेल बाँकी छँदा फ्रान्सको २० अंक छ भने दोस्रो स्थानको स्विडेनको १९ अंक छ। अन्तिम खेलमा फ्रान्सले बेलारुससँग तथा स्विडेनले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछन्।

रातीका खेलहरुमा स्विडेनले लक्जेम्बर्गलाई ८-० ले हराँउदा नेदरल्याण्ड्सले बेलारुसलाई ३-० ले पराजित गर्यो भने समुह बी का खेलहरुमा शिर्ष स्थानको स्विट्जरल्याण्डले हंगेरीलाई ५-२ ले हराउँदा पोर्चुगलले एण्डोरालाई २-० ले पराजित गर्‍यो।

त्यस्तैगरी समुह एच विश्वकपमा छनौट भईसकेको बेल्जियमले बोस्नियालाई ४-३ ले पराजित गर्दा ग्रिसले साईप्रसलाई २-१ ले तथा ईस्टोनियाले जिब्रल्टारलाई ६-० ले हराएका छन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);