साग पुरुष क्रिकेटमा नेपाललाई काश्य पदक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

साग पुरुष क्रिकेटमा नेपाललाई काश्य पदक

nepal cricket kasya padak

काठमाडौं, २३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक जितेको छ । किर्तिपर स्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा सोमबार माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै नेपालले कास्य पदक हात पारेको हो ।

माल्दिभ्सले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १६ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । नेपालका आरिफ शेखले ३२ रनको बनाए । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २२ रनको योगदान दिए । यस्तै रोहित पौडेल १५ र पवन सर्राफ १० रनमा अविजित रहे । बिनोद भण्डारीले १२ रनको योगदान गरे ।

सन् २०१० मा पहिलो पटक क्रिकेट समावेश गरिएको सागमा नेपाल चौथौ स्थानमा सिमित बनेको थियो । पुरुषतर्फको स्वर्णको लागि सोमबार नै श्रीलंका र बंगलादेशले खेल्ने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);