झण्डै डेढ करोडको लगानीमा 'टेनिस कोर्ट' निर्माण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

झण्डै डेढ करोडको लगानीमा ‘टेनिस कोर्ट’ निर्माण

किशन भण्डारी

काठमाडाैँ, २९ चैत । नेपालमा लोकप्रिय खेलकै विस्तारमा राज्यको पर्याप्त ध्यान पुग्न नसकेको भन्दै आलोचना हुने गरेको छ । यस्तो अवस्थामा खासै चर्चामा नरहेका र नेपालमा उदयीमान अवस्थामा रहेका खेलमा त राज्यको आँखा पुग्ने करै भएन ।

तर, झण्डै डेढ करोड रुपैयाँको लगानीमा एकजना व्यक्तिले नेपालमा उदाउँदो लन टेनिस खेलका लागि स्तरीय टेनिस कोर्ट निर्माण गरेर देखाएका छन् । जसले गर्दा अभ्यास र प्रतियोगिता संचालन गर्न सजिलो हुने भएकाले सरोकारवाला र टेनिस खेलाडीहरु उत्साहित बनेका छन् ।

उदाउँदो खेलका रुपमा चिनिएको लन टेनिसका लागि राज्यले प्रर्याप्त स्रोत र साधन सहितको कोर्ट व्यवस्थापन गर्न सकेको छैन । तर, एक व्यक्तिले करोड बढीको लगानीमा प्याराफिटसहितको लन टेनिस कोर्ट बनाएर देखाएका छन् ।

पेशाले पत्रकार रहेका किशोर थापाले काठमाडौँको बुढानिलकण्ठ–८ मा करिब १ करोड ५० लाख रुपैयाँको लागतमा ‘नौलिन स्पोर्टस भिल्ला’ नामको लन टेनिस कोर्ट बनाएका हुन् । टेनिसलाई नेपालको व्यवसायिक खेलका रुपमा विकास गर्न आफूले टेनिस कोर्ट बनाएका थापा बताउँछन् । टेनिस कोर्टमा राष्ट्रिय खेलाडीदेखि उदयीमान खेलाडीसम्म खेल्न पुग्ने गरेका छन् ।

अन्तर्राष्ट्रिय मापदण्डको कोर्ट बनेकाले टेनिस सिक्न विद्यार्थीहरु पनि बाक्लो संख्यामा जाने गरेका छन् । विद्यार्थीलाई टेनिस खेलाडीहरु श्याम जिसी, श्रवण कार्कीलगायतले प्रशिक्षण दिइरहेका छन् ।

के हाे लन टेनिस ?

विद्यार्थीहरु पनि सिकाइ राम्रो र सुविधाजनक भएकाले प्रशिक्षण निकै उपलब्धिमूलक रहेको बताउँछन् । लन टेनिस र्‍याकेट र रबर बलको माध्यमबाट खेलिने खेल हो । यो खेलमा एक अर्काविरुद्ध एक वा दुईका विरुद्ध दुईजना खेल्न सक्छन् ।

टेनिस र्‍याकेट रबर बललाई हान्न सक्ने गरी बलियो तारबाट निर्माण गरिएको हुन्छ । बीचमा होचो जाली राखिएको खेल मैदान हुन्छ । यसलाई टेनिस कोर्ट भनिन्छ । नेपालमा उदाउँदो खेल भएपनि राज्यले स्तरीय टेनिस कोर्ट निर्माणमा ध्यान दिएको पाइँदैन । यस्तो अवस्थामा एक व्यक्तिले गरेको यो प्रयासले टेनिस खेलाडीहरुलाई हौसला प्रदान गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);