डिपिएल : उपाधीका लागि काठमाडौं र धनगढी भिड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

डिपिएल : उपाधीका लागि काठमाडौं र धनगढी भिड्ने

dpl final

धनगढी, २९ चैत । धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको उपाधिका लागि काठमाडौं गोल्डेन्स र धनगढी टिम चौराह भिड्ने भएका छन् । बिहिबार दोस्रो क्वालिफायर्समा महेन्द्रनगर युनाईटेडलाई पाँच विकेटले हराउँदै काठमाडौं गोल्डेन्सले उपाधिका लागि धनगढी टिम चौराहसँगको भेट पक्का गरेको हो ।

महेन्द्रनगरले दिएको १ सय ४३ रनको लक्ष्य काठमाडौं गोल्डेन्सले १० बल बाँकी रहँदै ५ विकेट गुमाएर पूरा गरेको हो । काठमाडौंका लागि आक्रामक ब्याटिङ गरेका सुबोध भाटीले १८ बलमा ५२ रन बनाए । उनले ४ चौका र ५ छक्कासहित ५२ रन बनाएका हुन् ।

काठमाडौंका लागि अनिल श्रेष्ठ २६, ज्ञानेन्द्र मल्ल २५, भूपेन्द्र थापा १५ रनमा आउट भए । महेन्द्रनगरका लागि पुनित मेहराले २ तथा भूवन कार्की, पुनत बिष्ट तथा रोबीन क्षेत्रीले समान एक एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको गरेको महेन्द्रनगरले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियो । महेन्द्रनगरको तर्फबाट पुनित महेराले ४२ बलमा ५८ रन बनाए भने आरिफ शेखले ३९ बलमा ४३ रन बनाए। त्यस्तै करण केसीले १२ बलमा २१ रन र पुनित विष्टले ७ रन बनाए । महेन्द्रनगरका कप्तान विनोद भण्डारी, आसिफ शेख, हरिसंकर साह, रोहित पौडेल र भुवन कार्की शुन्यमा आउट भए ।

काठमाडौंका सन्नी पटेलले ६ विकेट लिए । उनले ४ ओभरमा १ मेडेन राख्दै १० रन खर्चेर ६ विकेट लिएका हुन् । उनी डिपीएल क्रिकेटको एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बनेका छन् । त्यस्तै पुष्प थापा र सुबोथ भाटीले एक एक विकेट लिए । फाइनल प्रतियोगिता भोली हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);