एसियाली बक्सिङ छनोट प्रतियोगितामा त्रिभुवन आर्मीको बर्चस्व | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

एसियाली बक्सिङ छनोट प्रतियोगितामा त्रिभुवन आर्मीको बर्चस्व

काठमाडौं, २९ चैत । एसियाली खेलका लागि भएको बक्सिङ छनोट प्रतियोगितामा त्रिभुवन आर्मीको बर्चस्व देखिएको छ । नेपाल आर्मी क्लबका बक्सर तेजबहादुर देउवा एसियाली खेलका लागि छनोट भएका छन् । पुरुषतर्फ ४९ केजी तौल समूहमा देउवा सुनसरीका सुलभ तुलाधरलाई अंकका आधारमा हराउँदै एसियाली खेलका लागि छनोट भएका हुन् ।

बिहीबार सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद्मा आयोजित छनौट चरणको खेलमा पुरुष ५६ केजी तौल समूहमा आर्मीका बिमल रोकाले पनि एपीएफका पुरन राईलाई अंकका आधारमा हराउँदै छनोट पक्का गरे । पुरुष ६० केजीमा आर्मीका एकवहादुर घले छनोट भएका छन् । उनले झापाका प्रकाश इजम लिम्बुलाई अंकका आधारमा हराए ।

पुरुषतर्फनै ६४ केजीमा नेपाल पुलिसका भुपेन्द्र थापा र ७५ केजीमा आर्मीका दिपक श्रेष्ठ प्रतिस्पर्धी नभएका कारण स्वतः छनोटमा परे । यस्तै महिलातर्फको ५७ केजी तौल समूहमा एपीएफका संगिता सुनार आर्मीकी सविना श्रेष्ठलाई अंकका आधारमा हराउँदै छनोट भइन् ।

महिला ६० केजीमा आर्मीकी पुनम रावलले एपीएफकी सरस्वती रानामगरलाई अंकका आधारमा हराउँदै छनोट चरण पार गरिन् । महिला ५१ केजी तौल समूहमा एपीएफकी माला राई फाईनलमा प्रवेश गरेकी छन् ।

उनले सेमिफाईनलमा आर्मीकी ललिता महर्जनलाई अंकका आधारमा हराएकी हुन् । शुक्रवार हुने फाईनल खेलमा मालाले आर्मीकी बिमला श्रेष्ठसँग अन्तिम छनोट लागि प्रतिस्पर्धा गर्नेछिन् । शुक्रवार पुरुष ५२ र ६९ केजीको छनोट खेल हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);