धनगढी, ३० चैत । धनगढी प्रिमियर लिग डिपिएलको उपाधिका लागि टिम चौराह धनगढीले काठमाडौं गोल्डेन्सलाई १ सय ८२ रनको चुनौती दिएको छ । टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको हो ।
धनगढीका लागि सुनिल धमला र रोहन मुस्तफाले उत्कृष्ट प्रदर्शन गरे । सुनिलले ७८ रन बनाए । उनले ६३ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका थिए । रोहन मुस्ताफाले ६० रन बनाए । उनले ४२ बलमा ४ छक्का र ४ चौका प्रहार गर्दै ६० रन बनाएका हुन् ।
बलिङतर्फ काठमाडौंका सुबोध भाटीले २ विकेट लिए । काठमाडौले अहिले जवाफी व्याटिङ गरिरहेको छ । डीपीएलको विजेताले २५ लाख र उपविजेताले १० लाख पाउने छ ।




